वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत
वि.सं.२०७८ जेठ १८ मंगलवार १८:०६
shares

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहमत भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँग भेटवार्ता गरेपछि प्रधानन्यायाधी राणा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन् ।
छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएकाे अध्यक्ष शाक्यले बताए । प्रधानन्यायाधीश जबरासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष शाक्यले आजको इजलास स्थगित हुनसक्ने बताए । उनले वरिष्ठताका आधारमा इजलास गठन गर्ने विषयमा छलफल भएको बताए ।
शाक्यका अनुसार एक साताभित्रै संशोधन प्रस्ताव ल्याउने र त्यसपछि मात्र संवैधानिक विवाद अगाडि बढाइनेछ ।

























