काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

20.52K
shares

आठ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको अभियोगमा थाहा नगरपालिका- ६, लिलाखेलका एक युवक पक्राउ परेका छन् । स्थानीय २६ वर्षीय राजु बलामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

ती युवकले बालिकालाई आफ्नै घरमा ललाफकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।