‘खाने तेलमा कृत्रिम मूल्य वृद्धि गरेका छैनौं’
वि.सं.२०७८ जेठ १८ मंगलवार १७:५४
shares

खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले खाने तेलको कृत्रिम मूल्य वृद्धि नगरेकाे प्रष्टीकरण दिएकाे छ । संघले विज्ञप्ति जारी गर्दै खाने तेलमा अनुचित ढंगले मूल्य वृद्धि नगरेकाे स्पष्ट पारेकाे हाे ।
संघका अनुसार कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा पनि खाने तेल महँगो हुन पुगेको हाे । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको हो,’ संघले भनेकाे छ । काेरोना महामारीअघि प्रति मेट्रिक टन ६०० देखि ६५० डलरमा पाइने क्रुड तोरी, सनफ्लावर, सोयबिनको कच्चा पदार्थको भाउ अहिले १२०० देखि १५०० डलर भन्दा बढी नाघेको संघको दाबी छ ।
संघद्वारा जारी विज्ञप्ति :
.jpg)
.jpg)

























