काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्र बैंकको आयोजनामा ‘फिनटेक इनोभेसन शोकेस इभेन्ट’ सुरू

693
shares

ai logo सारांश

  • ‘दिगो प्रभावका लागि नवीन सोच’ भन्ने मूल नाराका साथ बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको परिसर यो इभेन्ट आयोजना गरिएको हो ।
  • कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।
  • कार्यक्रमको औपचारिक उद्घाटन गभर्नर विश्व पौडेलले गरेका थिए ।

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रका नवीन सोच, विचार र प्रविधिलाई उजागर गर्ने उद्देश्यले ‘एनआरबी फिनटेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आज बिहानदेखि सुरू भएको छ ‌।

‘दिगो प्रभावका लागि नवीन सोच’ भन्ने मूल नाराका साथ बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको परिसर यो इभेन्ट आयोजना गरिएको हो ।

कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो कार्यक्रम फिनटेक क्षेत्रका नवप्रवर्तक (इन्नोभेटर्स) हरूका लागि आफ्ना नयाँ प्रविधि र वित्तीय समाधानहरू प्रदर्शन गर्ने एक साझा मञ्च भएको राष्ट्र बैंकको भनाइ छ ।

कार्यक्रममा विभिन्न प्रदर्शनी स्टलहरू राखिएका छन् । कार्यक्रमको औपचारिक उद्घाटन गभर्नर विश्व पौडेलले गरेका थिए ।