आजदेखि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने
वि.सं.२०८३ कात्तिक १६ सोमवार १२:४७
shares

सारांश
- आज (सोमबार)देखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ।
- आजदेखि माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन्।
काठमाडौँ – आज (सोमबार)देखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। आजदेखि माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ।
यसअघि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुल्ने गरेको थियो।

























