काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपिएल क्रिकेटः काठमाडौंले टस जित्यो

651
shares

ai logo सारांश

  • कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।
  • भरखरै भएको टसमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन् ।
  • कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन् ।

यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ । कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अङ्क जोडेको छ । कर्णाली अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौँलाई ४ विकेटले हराएको थियो ।

यता करण केसीको कप्तानीमा रहेको काठमाडौं पहिलो जित निकाल्ने दाउमा छ । काठमाडौँ अङ्कविहीन छ । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

काठमाडौँको प्लेइङ ११ मा कप्तान करण केसीसहित भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, डेभिड वार्नर, स्मित पटेल र जहान्दाद खान रहेका छन् ।

यता कर्णालीको प्लेइङ ११ मा भने कप्तान सोमपाल कामीसहित गुलशनकुमार झा, नन्दन यादव, दीपक डुम्रे, उनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र जिसान आलम परेका छन् ।