काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फिनटेक विकासका लागि बैंक, प्रविधि कम्पनी र नियामकबीच सहकार्य आवश्यक : गभर्नर पौडेल

609
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरेका हुन् ।

कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता उदीयमान प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर र प्रभावकारितामा महत्त्वपूर्ण परिवर्तन ल्याउने तथा वित्तीय समावेशिता अभिवृद्धिमा ठूलो योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।