काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चितवनमा माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

714
shares

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ ।

जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण भइरहेको र माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको अनुगमन टोलीले भरतपुर महानगरपालिका विभिन्न मत्स्य फार्मको हालै अनुगमन गरेको थियो । अनुगमनका क्रममा तीनवटा फार्ममा प्रतिबन्धित माउर माछापालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार कतिपय माछा पोखरीमा दुर्गन्धित मासु र सडेगलेका अण्डा माछाको आहारका रूपमा प्रयोग गर्ने गरेको पनि भेटिएको छ । प्रशासनले सम्बन्धित फार्म सञ्चालकलाई प्रतिबन्धित माछा तत्काल नष्ट गर्न, त्यस्ता आहारको प्रयोग बन्द गर्न तथा पोखरी र आसपासको क्षेत्र सफा राख्न निर्देशन दिएको छ ।