काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको भाउ तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो

987
shares

ai logo सारांश

  • नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढावसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो ।