काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रेडक्रसद्वारा राहत सामग्री वितरण

630
shares

काभ्रे । गत कात्तिक १३ र १४ गते आएको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले आवश्यक राहत सामग्री वितरण गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पु-याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले बताए।

उनका अनुसार सातै परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो । राहत सामग्रीअन्तर्गत त्रिपाल, म्याट्रेस, मन्डी, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको छ ।

शाखाका मन्त्री सिग्देलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताए ।