काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो

924
shares

ai logo सारांश

  • तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।
  • नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो ।

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो ।

मोराद मुस्तफाद्वारा निर्देशित फिल्म ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै सम्पन्न भएको महोत्सवको समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकलगायतको उपस्थिति थियो ।

महोत्सवको प्रतिस्पर्धात्मक विधाअन्तर्गत १८ छोटा फिल्ममध्ये दर्शकको मतका आधारमा आकाश धिमाल निर्देशित नेपाली फिल्म ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म घोषित भयो ।

त्यस्तै, प्रतिस्पर्धामा रहेका ६ फिचर फिल्ममध्ये नादिम ताबेत निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ । फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण रहेको उक्त फिल्मले दर्शकको मतका आधारमा अवार्ड जितेको हो ।

सन् २०२५ मा २५ फिल्म प्रदर्शन गर्दै सुरु भएको उक्त महोत्सवमा यस वर्षको संस्करणमा अन्तर्राष्ट्रिय खुला आह्वानमार्फत २१ देशका २६ फिल्म छनोट भएका थिए । तीमध्ये आठ फिचर र १८ छोटा फिल्म थिए । छनोट भएका फिल्ममध्ये पाँचवटा नेपाली निर्माण वा सह–निर्माणका थिए ।

महोत्सवका अध्यक्ष केपी पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा हरर तथा विधागत फिल्मप्रति उल्लेख्य रुचि रहेको प्रमाणित गरेको बताए । ‘हरर फिल्मले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषयलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर दिएको छौं,’ अध्यक्ष पाठकले भने । आगामी दिनमा पनि नेपाली फिल्मकर्मीलाई विधागत कथावाचनका लागि अवसर प्रदान गर्ने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन् ।