काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जलवायु परिवर्तन र हिमाली वातावरण संरक्षणमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक

945
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसं राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

साथै, राष्ट्रपति पौडेलले स्विटजरल्याण्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए । सो अवसरमा स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदै गर्दा यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले काम गरिरहेको र सहकार्य गरेर अगाडि बढन चाहेको उल्लेख गरे ।