काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

588
shares

काठमाडौँ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएको छन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राइले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ । भ्रमणका क्रममा भारतका विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ ।

विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्ने छन् ।