काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अल-न्यू इन्टरटेन्मेन्ट बिस्ट पोको एम३ सार्वजनिक 

21.08K
shares

इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा सोमबार आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को सार्वजनिक गरेको छ । ४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६ हजार एमएएच ब्याट्री, सुन्दर एफएचडीको स्मार्टफोन डिस्प्ले र क्वालकम® स्न्यापड्रागन टीएम ६६२ चिपसेटको साथ,पोको एम ३ योङ इन्टरटेन्मेन्ट-अन-द-मुभ इन्थुजियास्टका लागि नेक्स्ट ‘आइटी’ उपकरण हो ।

पोको एम३ ले पोको नेपालको एम सिरिजको पहिलो सुरुवातलाई जनाउँछ : यो ब्रान्डको पूर्ण रुपमा नयाँ क्याटागोरीमा पर्दछ । यसको न्यू प्रडक्ट लाइन पोको ग्लोबल सक्सेसमा निर्मित छ जसले यसको एफ सिरिज र टप-अफ-द-लाइन र साथै मिड-रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीहरुकालागि ब्रान्डलाई अझै खुल्ला बनाउँछ ।साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोको एम ३ ले हाम्रा प्रयोगकर्ताहरुका लागि पावरफुल क्यामेरा, ६ हजार एमएएचको ब्याट्री र एफएचडींको डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ ।' उनले थपे, 'पोको एम ३ का साथ हाम्रा प्रयोगकर्ताले ट्रिपल क्यामेरा सेटअपको साथमा स्ट्रिमिङ गर्ने,गीत सुन्ने र भिडियो रेकर्ड गर्ने जस्ता आफूलाई अधिक मनपर्ने कार्यमा बढी समग्र खर्च गर्न पाउँछन् । हामी प्रत्येक तहमा सोचेको भन्दा बढी प्रदान गर्दै पोको एम ३ को साथमा यसको उपकरणको क्याटागोरीलाई फ्लिप गर्दैछौँ।’
उत्कृष्ट ब्याट्री लाइफ

यसको क्लासमा सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले सुसज्जित पोको एम ३ ले यो ग्यारेन्टी दिन्छ कि एकदम एभिड गेमरहरु पनि दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न यसको ठूलो ६ हजार एमएएचको हाई चार्ज ब्याट्रीको मद्दतले पूर्ण पावर्ड हुन्छन् । यो फोन लाइट युजेजअन्तर्गत ५ दिनभन्दा बढी टिक्ने र मोडरेट युसेजअन्तर्गत ३ दिनभन्दा कम टिक्ने आशा गरिएको छ । यसलाई हेभी सेजमा पूर्ण ड्रेन हुनको लागि करिब १.५ दिन लाग्छ । यसै गरी पोको एम ३ ले यसको विशेष डिजाइन गरिएको ब्याट्रीको साथ पञ्चप्याक गर्दछ जसले उच्च तापमानलाई प्रतिरोध गर्छ । करिब २.५ वर्षसम्म नोटेबल डिग्रेडेशनबिना लामो समय सम्म चल्ने अनुभवलाई सुनिश्चित गर्दछ । यसको ड्युराबिलिटीको साथ-साथै पोको एम ३ ले तपाईँको मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङमोड र १८ वाटको द्रुत चार्जको साथ प्रयोगकर्ताको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिङ स्पिड प्रदान गर्दछ । यो उपकरण २२.५ वाटको इन-बक्स चार्जरको साथ आउँदछ र रिभर्स वायर्ड चार्जिङलाई इन्हान्स कन्भेनियन्स प्रदान गरेर समर्थन गर्दछ ।

अनन्त मनोरञ्जनको लागि स्टनिङ डिस्प्ले

एक सही मनोरञ्जन बिस्ट पोको एम ३ ले ६.५३ इन्चको एफएचडी डट डिस्प्ले २३४०*१०८० हाई रेजोलुशनको साथ प्रभावशाली १५००:१ को कन्ट्रास्ट रेसियो र १९.५:९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिङ एज-टु-एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ । यसको कर्निङ®गोरिल्ला®ग्लास ३ को फ्रन्ट स्क्रिनले झर्न र कोरिनबाट मोबाइललाई सुरक्षा प्रदान गर्दछ । यसको एन्टी-फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ । पोको एम ३ एक साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरले सुसज्जित छ जसले युजर एसेसिबिलिटीमा सम्झौता नगरी एक मिनिमलिस्टिक फ्रन्ट स्क्रिन डिजाइनलाई सक्षम गर्दछ ।

पोको एम ३ एक भन्दा बडी तरिकामा सजिलो छ-यो टीयुभी रिनल्यान्ड लो ब्लु लाइटबाट प्रमाणित छ जसको मतलब प्रयोगकर्ताले मिनिमलआई स्ट्रेनको साथ घण्टौंको सामग्री हेर्न सक्दछन् । डस्ट ब्लास्टरको साथ डुअल स्पीकर सिस्टम रहेको पोको एम ३ ले एक इमर्सिभ इनडोर मनोरञ्जनको अनुभनको लागि सुपेरियर साउन्डको प्रदान गर्दछ ।

४८ एमपीको ट्रिपल क्यामेरा सेटअप बोनस फोटोग्राफी सुविधाहरुको साथ

फोटोग्राफीको स्किल्सहरुलाई अर्को तहमा लैजान तयार, पोको एम ३ ले स्मार्टफोनको बजारमा आकर्षक मूल्यको ४८ एमपीको ट्रिपल क्यामेरालाई प्रस्तुत गर्दछ । जुन २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरबाट सपोर्टेड छ । यसै गरि उपकरणको ८ एमपीको सेल्फी क्यामेराले  ग्राहकको सेल्फी गेमलाई पनि सुनिश्चित राख्दछ। रमाइलोपन पोको एम ३ को क्रियटिभ न्यू सफ्टवेयर अफरिंगहरुको साथ जारी रहन्छ । मुभीफ्रेमले फोटोलाई सिनेम्याटिक फ्लेवर दिन्छ जब कि टाइम ल्याप्सका विभिन्न स्पिड भ्यालुहरुले विभिन्न दृश्यहरु कैद गर्न लाभ प्रदान गर्दछ। नाइट मोडले कलर कन्ट्रास्टलाई बुस्ट गरेर अँध्यारो वातावरणमा लिइएको तस्बिरलाई इन्हान्स गर्दछ भने कलर फोकसले स्पेसिफिक टोन्सलाई पप गर्दछ ताकि प्रयोगकर्ता स्टडको रुपमा उभिन सक्नेछन् । 

सानदार मोबाइल प्रदर्शन प्रदान गर्दै

क्वालकम® स्न्यापड्रागन टीएम६६२ प्रोसेसरको सुविधा रहेको पोको एम ३ ले एक सानदार अनुभव प्रदान गर्दछ । क्वालकम® एड्रनो टीएम६१० जीपीयुको साथ प्रयोगकर्ताले एक स्मुथ गेमिङ र भिडियो एक्सपेरियन्सको अनुभव प्राप्त गर्नेछन् । पोको एम ३ को ११ न्यानो मिटरको प्रोसेसरले उच्च प्रदर्शन, कम हिट उत्पादन र कम पावर कन्जम्पसन गर्दछ । जसले यसको क्याटागोरीमा हुनै पर्ने उपकरणको भूमिका निर्वाह गर्दछ । यसको युएफएस स्टोरेजको उच्च प्रदर्शन, गति र मल्टी टास्किङको आश्वासनको साथ ग्राहकले आफ्नो प्रतिस्पर्धी भन्दा छिटो एप्लिकेसन र गेम्स खोल्न सक्षम हुनेछन् ।

एक अद्वितीय डिजाइन

२०० ग्रामभन्दा कम तौल रहेको पोको एम ३ले एक स्टाइलिस डिजाइन प्रदान गर्दछ । जसले  प्रयोगकर्तालाई कहिल्यै निराश तुल्याउँदैन र सधैँ आफ्नो पकड बलियो रहने कुरालाई सुनिश्चित गर्दछ । रिडिजाइन गरिएको साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सजिलैसँग पहुँच योग्य छ जसले प्रयोगकर्तालाई आफ्नो फोनलाई एक क्षणमा अनलक गर्न दिँदै एक सानो ग्रुभ र राउन्डेड कर्नर पनि सार्प एजेजलाई न्यून गर्न समावेश गर्दछ । पोको एम ३ ले यसको ६ हजार एमएएच ब्याट्री जुन यसको प्रतिस्पर्धीहरु भन्दा कम तौलको छ र २० प्रतिशत भन्दा बढी ब्याट्री लाइफको प्रदान गर्दछ ।

उपलब्धता र मूल्यः

पोको एम ३ तीनवटा रंगको भेरियन्टहरुमा उपलब्ध हुनेछः कूल ब्लु, पोको यल्लो र पावर ब्ल्याक । यो अथोराइज्ड स्टोरहरुमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ ।

४ जीबी ६४ जीबीको भेरियन्ट : १७ हजार ९९९ रूपैयाँ
४ जीबी १२८ जीबीको भेरियन्ट : १९ हजार ९९९ रूपैयाँ