काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, अन्तिम सम्झौता पत्रमा हस्ताक्षर

25.94K
shares

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । मंगलबार उक्त कम्पनीसँग सिटिजन्स बैंकका मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्सको बिराटनगरमा प्रधान कार्यालय रहेको छ । आ-आफ्नो विशेष/साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ । दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात सिर्जना फाइनान्सलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७/०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको छ । जेठ ९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाईसमेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्तिपश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखा हुनेछन् । त्यस्तै प्रदेश नं २ मा २० वटा शाखा रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखा हुनेछन् । बैंकले सातवटै प्रदेशमा आफ्नो बलियो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ ।
बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सकोप्राप्ति अगाडि बढाएको हो । सहमति अनुसार, सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

प्राप्तिपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव-संशोधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।