साओमीद्वारा नेपालमा ‘पोको एफ ३’ सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य
वि.सं.२०७८ जेठ ११ मंगलवार २२:४३
shares

इन्डस्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा स्मार्ट फोन पोको एफ ३ सार्वजनिक गरेको छ । मंगलबार पोको एप ३ सार्वजनिक भएको हो । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'पोकोमा हामी हाम्रा फ्यानहरुको लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनले नेपालमा देखेको जबर्जस्त प्रतिक्रिया हाम्रो उपभोक्ताको हामीमाथिको विश्वासको गवाही हो ।' उनले पोको एफ ३ – द रियल बेस्ट नेपालमा ल्याउन उत्साहित भएको बताए ।
पोको एफ ३ क्वालकम® स्न्याप ड्रागन :
८७० ५ जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ-साथै डोल्बी एटमोस® अडियोको साथ आउँछ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ ३ हाई-एन्ड फ्ल्यागसिपमा उपलब्ध रहेको छ ।
बेस्ट पर्फमेन्सः क्वालकम स्न्यापड्रागन™८७० ५ जी मोबाइल प्लाटफर्म
पोको एफ ३ ब्रान्ड सबैभन्दा शक्तिशाली उपकरणको साथ स्न्यापड्रागन ८७० ५जी मोबाइल प्लाटफर्मद्वारा सञ्चालित बिग लिगको स्मार्टफोनमा पर्दछ । यस उपकरणले ३.२ गिगाहर्जको उपग्रेडेड क्वालकम® काइरो™५८५ सिपियु प्राइम कोर क्लक स्पीड प्रदान गर्दछ । जुन उद्योगको अग्रणी प्राइम कोर क्लक स्पीड हो । अल्ट्रा-फास्ट क्वालकम® एड्रेना™६५० जीपीयुको साथमा पोको एफ ३ ले शानदार गेम प्ले एक्सपेरियन्सको प्रदान गर्दछ । एलपीडीडीआर५ र्याम र युएफस ३.१ स्टोरेजको साथ उपलब्ध फ्ल्यागशिप सेटअपले मल्टी टास्किंङको लागि छिटो पठन-लेखनको गतिको ग्यारेन्टी प्रदान गर्दछ । बुस्ट गरिएको पर्फमेन्स यसको उच्च दक्षता ७ न्यानोमिटर प्रोसेसरको साथ-साथै लिक्विड कूल टेक्नोलोजी १.० प्लसमा इम्बडिड छ जसले उपकरणलाई निरन्तर पीक पर्फमेन्स प्रदान गर्न मद्दत पुर्याउँछ।
बेस्ट ६.६७ इन्च एमोलेड डिस्प्ले र प्रिमियम डिजाइन
पोको एफ ३ को १२० हर्जको हाई रिफ्रेस रेटले ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्लेमा खेल खेल्दा अनप्रिसिडेन्टेड स्मुथनेस प्रदान गर्दछ । यो बेस्टले केवल २.७६ मिलिमिटरको साथ उद्योगकै सबैभन्दा टाइनिएस्ट डटको प्रस्तुत गर्दछ । थप रुपमा ३६० हर्जको टच स्याम्प्लिङ रेट र फाइन-ट्युन टच एल्गोरिदमले फोनलाई औँला टिपको स्पर्शमा अत्यन्तै छिटो प्रतिक्रिया दिन मद्दत गर्दछ । ६० एफपियससम्म थप्दै एमईएमसी टेक्नोलोजीले भिडियो सामग्रीको सहजतालाई बढाउँछ । टु डिस्प्ले, टु कलर फिचरसहित एचडीआर१०+ प्रमाणित डिस्प्लेले भाइब्रेन्ट, हाइली एक्युरेट कलरका साथ एक टुली आई-प्लिजिङ एक्सपेरियन्सको प्रदान गर्दछ । त्यस भन्दा बढी अपग्रेड गरिएको ई ४ सामग्रीले स्क्रिनको पीक ब्राइटनेसलाई १३०० निट्ससम्म पुर्याउँछ र विगतको जेनेरेसन ई ३ सामग्रीको तुलनामा १५ प्रतिशतको कन्जम्सन पावर उपभोगलाई घटाउन मद्दत गर्दछ ।
डल्बी एटमस, एआई ट्रिपल क्यामेरा सेटअप र अधिकको साथ बेस्ट इन्टरटेन्मेन्ट
बोटम मेन स्पीकर र टपमा सेकेन्डरी स्पिकर अनि डुअल स्पिकर सेटअपका साथ आउने पोको एफ ३ ले रिच र विस्तृत ध्वनिको उत्पादन गर्दछ । पोको एफ ३ डोल्बी एटमसलाई सक्षम गर्ने, ध्वनिलाई भिडियो, संगीत र खेलहरुको लागि डल्बी एटमस ढाँचामा राम्रो प्रभावकारी अडियो अनुभवको लागि दुवै हेडफोन र बिल्ट–इन स्पिकरमार्फत सञ्चालन गर्ने ब्रान्डकै पहिलो उपकरण हो ।
उपलब्धता र मूल्य
पोको एफ ३ तीन वटा कलर भ्यारियन्ट: आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० २०२१ बाट उपलब्ध हुनेछ ।
६ जीबी+१२८ जीबीको भेरियन्टः ४६,९९९ रूपैयाँ
८ जीबी+२५६ जीबीको भेरियन्टः ५१,९९९ रूपैयाँ
पोको नेपालले जुन ३०, २०२१ भन्दा अघि पोको एफ ३ खरीद गर्ने उपभोक्तालाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।

























