global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार बाइस रुपैयाँ तोकिएको छ ।

संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले जेठ १६ गते देखि जेठ ३० गतेसम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रकाशित समय : २३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु