गृहपृष्ठ बादललाई हराउँदै खिमलाल देवकाेटा राष्ट्रिय सभामा निर्वाचित
बादललाई हराउँदै खिमलाल देवकाेटा राष्ट्रिय सभामा निर्वाचित
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'लाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । केही बेरअघि सम्पन्न मतगणनामा मतभारअनुसार देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो । बादलले ४०१४ मत ल्याए । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि बिहीबार हेटाैंडामा उपनिर्वाचन भएकाे थियाे ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले राष्ट्रिय सभामा देवकोटा विजयी भएको बताएका छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
बिहीबार बिहान ९ बजेबाट हेटौंडा- ४ स्थित भुटनदेवी उमाविमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा बागमतीका १०९ सांसदमध्ये चारजना सहभागी भएनन् ।
प्रकाशित समय : २३:१७ बजे



















