काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप ८२२७ जनामा कोरोना पुष्टि, ६५४३ जना संक्रमणमुक्त

15.56K
shares

गत २४ घण्टामा देशभर ८ हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको २१ हजार ६९५ पीसीआर परीक्षणमा ८ हजार २२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएकाे छ ।

एन्टिजेन विधिबाट गरिएको ३ सय ९२ परीक्षणमा ७८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ । गत २४ घण्टाभित्र थप १९० जनाकाे काेराेनाका कारण ज्यान गएकाे हाे ।