झिनो अंकले बढ्यो सेयर बजार, मञ्जुश्री र गुडविल फाइनान्सको कारोबारमा सर्किट
वि.सं.२०७८ जेठ ६ बिहीवार २२:०९
shares

साताको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेर दुई हजार ७८७.१८ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ४९८.९७ अंकमा पुगेको छ ।
आज २१४ कम्पनीको दुई करोड एक लाख ३३ हजार ६०२ कित्ता सेयर ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँमा किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर उकालो लागेको छ भने बाँकीको सेयरका लगानीकर्ताले केही गुमाएका छन् ।
बैकिङ १७.३४, विकास बैंक ११३.४४, वित्त ८९.२६, अन्य १.८ र सामूहिक लगानी कोष झिनो अंकले उकालो लागेको छ भने व्यापार २२.६३, होटल तथा पर्यटन १८.८९, जलविद्युत ४२.२५, निर्जीवन बिमा २३.४७, उत्पादनमुलक ५६.८२, लघुवित्त १३.२३, जीवन बिमा ७८.८५ र लगानी समूह ०.७५ अंकले ओरालो लागेको छ ।
आज दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । मञ्जुश्री फाइनान्स र गुडविल फाइनान्सको कारोबारमा सर्किट लागेको छ । त्यस्तै आज समता घरेलु वित्तीय संस्थाका लगानीकर्ताले बढी कमाएका छन् ।























