गृहपृष्ठ ‘मन बार’ हिन्दीकाे कपी भएकाे थापा पाएपछि सुरक्षा पन्तले दिइन् यस्ताे प्रतिक्रिया
‘मन बार’ हिन्दीकाे कपी भएकाे थापा पाएपछि सुरक्षा पन्तले दिइन् यस्ताे प्रतिक्रिया
नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो ‘मन बार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’को कपी भएको थाहा पाउँदा दु:खी भएको उल्लेख गरेकी छन् । छाेटाे चलचित्र मन बार युट्युबमा एक महिनाअघि प्रसारण भएको थियाे ।
उनले यसबारे पहिले नै जानकारी पाएको भए काम नगर्ने बताएकी छन् । ‘कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाँही मन खुम्चिन पुग्छ । व्यक्तिगत रुपमा आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हुँ म । त्यसैले अनविज्ञ भई यस माहोलमा एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन् ।
उनले साेही छोटो सिनेमाको पार्ट- २ मा आफू काम नगर्ने मनसायमा पुगेको पनि उल्लेख गरेकी छन् । उनले 'कलाकारहरु इमानदार रहन जरुरी' छ भन्दै आफ्नो टिमले गरेको राम्रो वा नराम्रो कामको बारेमा बोल्नुपर्ने बताएकी छन् ।
प्रकाशित समय : २२:२१ बजे



















