मुक्तिनाथ विकास बैंकमा निक्षेप र कर्जासम्बन्धी कुनै जिज्ञासा ? यी नम्बरमा मिस्डकल गर्नुस्
वि.सं.२०७८ जेठ ६ बिहीवार २१:५०
shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सुविधाको लागि मिस्डकल बैंकिङ (Missed call banking) सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकले यस मिस्डकल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाबारे सजिलै जानकारी लिन सक्नेछन् ।
यो सुविधा लिन ग्राहकले निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ मोबाइल नम्बरमा मिस्डकल गर्न सक्नेछन् । ग्राहकले बैंकको कार्यालय समयभित्र मिस्डकल गर्नुपर्ने छ । केही समयमै बैंकबाट ग्राहकको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटर्वकअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।

























