काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किबीले दिएको सफलताको स्वाद

798
shares

बागलुङ। अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गरे । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किबी बिक्रीबाट गत वर्ष चार लाख आम्दानी भएपछि उनि व्यावसायिक खेती विस्तारमा लागेका छन् ।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फरकिएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गरेका थिए । हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सकेनन् । त्यसपछि उनले किबी रोजे ।

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उहाँले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएको हो । यस वर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि खेती विस्तार गरेँ”, शर्माले भने, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूलखेती गर्नसके सफल हुन सकिनेरहेछ । अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ ।”

गण्डकी प्रदेश सरकारको २० लाख अनुदान सहयोगमा उनले आफ्नै बारीमा किबीखेती विस्तार गरेका हुन् । खेतीलाई अझ विस्तार गर्ने योजना बनाएका शर्माले उत्पादित किबी बजार पठाउने तयारी गरिरहेको छन् । उनले भने, “सुन्तलाखेती पनि सुरु गरेको छु ।”

सुरुमा प्रतिगोटा ५०० मा बिरुवा खरिद गरेर किबीखेती थालेका शर्माले अहिले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गरेका छन् । उनका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किबीमा आवद्ध छन् । त्यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबीखेती गर्ने किसान आफू नै भएको उनको दाबी छ ।

जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबीखेतीका लागि सम्भावनायुक्त रहेको बताए । उनका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा गरिएको किबीखेतीको परीक्षण सफल भएको उनले जानकारी दिए ।

नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिन्छ । यसका लागि उपयुक्त हावापानी, तापक्रम र माटो छनोट गर्नुपर्दछ ।