काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुम्लामा ‘इएनटी’ स्वास्थ्य शिविर, एक हजार लाभान्वित

798
shares

जुम्ला। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा सञ्चालित नाक कान तथा घाँटी (इएनटी) स्वास्थ्य शिविरबाट एक हजार ३७ जना लाभान्वित भएका छन् ।

शिविरमा जाँच गरेकामध्ये ४३ जना बिरामीको शल्यक्रिया गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनम्र विष्टले जानकारी दिए । प्रतिष्ठानको शल्यचिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिष्ठानका निर्देशक विष्टको भनाइ छ ।

भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई घरमै विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द खत्रीले बताउनुभयो । यही कात्तिक १२ गतेदखि सञ्चालन भएको सो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।