काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप ७९ जनामा कोरोना पुष्टि, ८२ जना संक्रमणमुक्त

10.25K
shares

पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३७ पीसीआर परीक्षण गर्दा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये ९ सय ९८ जना सक्रिय संक्रमित हुन् ।

थप ८२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ८ सय १५ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ जना रहेको मन्त्रालयले जनाएको छ ।