गैंडाको खागसहित दुईजना पक्राउ
वि.सं.२०७७ चैत ७ शनिवार २२:५८
shares

कोहलपुर नगरपालिका- ११, चौराहबाट २ थान गैंडाको खागसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका- २ बस्ने ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिका- ५ बस्ने ३४ वर्षीय सुरेश सिंजाली रहेका छन् ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खाग फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























