काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजस्व असुली लक्ष्यको ९० प्रतिशत

17.66K
shares

चालू आर्थिक वर्षको सात महिनामा लक्ष्यको ९० प्रतिशतमात्र राजस्व असुली भएको छ । मूल्य अभिवृद्धि कर शीर्षकमा लक्ष्यभन्दा बढी राजस्व संकलन भए पनि अन्य शीर्षक सुस्ताएपछि समग्र राजस्व असुली प्रभावित भएको हो ।

समीक्षा अवधिमा भन्सार विन्दुमा संकलन भएको राजस्व ९.८ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ४१ करोड पुगेको छ भने आन्तरिकतर्फ संकलन भएको राजस्व (अन्य करसहित) ३.८ प्रतिशतले संकुचन भई २ खर्ब ३५ अर्ब ६९ करोड रहेको छ ।

माघसम्ममा विनियोजित बजेटको ३३.९ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालूतर्फ ४२.९ प्रतिशत र पुँजीगत बजेटको १७.८ प्रतिशत खर्च भएको छ ।