सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषि उपज हाट बजारमा
वि.सं.२०७७ चैत ५ बिहीवार १७:५९
shares

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीलाई क्यूआर कोड वितरण गरेको छ । बजारका विभिन्न व्यापारीलाई सिभिल बैंकको क्यूआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोत्साहन गरिएको बैंकले जनाएको छ ।
सो अवसरमा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र ‘सबै नेपालीको बैंक खाता’ भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य भएको बताए । नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने उनको भनाइ थियो ।
बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायमा क्यूआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चिम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।

























