काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई दिनमा सुनको मूल्य ६ सय रूपैयाँ बढ्यो

12.56K
shares

बुधबार ३ सय रूपैयाँ बढेको सुन बिहीबार पनि ३ सय रूपैयाँ नै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रूपैयाँ कायम गरिएको छ । बुधबार छापावाल सुन तोलामा ८६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ८६ हजार ७५० रूपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार १० रूपैयाँ घटेर १ हजार २ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार २० रूपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।