काभ्रेमा भूकम्पको धक्का
वि.सं.२०७७ चैत ५ बिहीवार १७:१५
shares

काभ्रेमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान १० बजेर ५ मिनेटमा काभ्रे जिल्लाका केही ठाउँमा धक्का महशुस भएको छ ।
काभ्रेको सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्का काभ्रे, सिन्धुलीदेखि काठमाडौंसम्म हल्का महसुस गरिएको थियो ।

























