पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउन्टर, प्रधानमन्त्रीबाट उद्घाटन
वि.सं.२०७७ फागुन १९ बुधवार १९:२१
shares

प्रभु बैंकले झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । फागुन १८ गते क्यान्सर अस्पतालसँगै काउन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।
एक्सटेन्सन काउन्टर स्थापनासँगै पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज हुने भएको छ । काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाले स्थानीय र सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यससँगै देशभरका बैँकका एक्सटेन्सन काउन्टर संख्या ५८ पुगेको छ । बैँकले अन्य २१३ शाखा, १८९ वटा एटीएम र दुईवटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

























