global ime bank Long Banner Ad

गृहपृष्ठ बादी समुदायको आन्दोलनमा प्रहरीको दमन, दुई जना घाइते

बादी समुदायको आन्दोलनमा प्रहरीको दमन, दुई जना घाइते

बादी समुदायको आन्दोलनमा प्रहरीको दमन, दुई जना घाइते

६ दिनदेखि आन्दोलनरत बादी समुदायका नागरिकमाथि प्रहरीले दमन गरेको छ । आइतबार माग पूरा नभएको भन्दै मुख्यमन्त्रीलाई भेट्न कार्यालयभित्र जाने क्रममा प्रहरीले उनीहरुमाथि दमन गरेको हो । प्रहरीको कुटाईबाट दुई जना महिला घाइतेसमेत भएका छन् । दुल्लु नगरपालिका १ की मानकुमारी बादी र चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखकी जानकी बादी सामान्य घाइते भएका हुन् ।

मानकुमारी बादीले आफ्नो कपडा समेत प्रहरीले च्यातिदिएको बताइन् । उनको हातमा चोट लागेको छ । ‘एनजिओले उचाल्यो भन्दै हामीहरुमाथि लाठी चार्ज भयो,’ उनले भनिन्, ‘कसैलाई बन्दुकको कुन्दले समेत हानियो ।’ उनले आफूहरु कसैबाट प्रेरित भएर आएको नभई आवश्यकता र बाध्यताले आएको बताइन् । विपन्न नागरिकको लागि काम गर्छु भनेर मुख्यमन्त्री बन्ने तर बादी समुदायको समस्यालाई समाधान गर्न नखोजेको उनले आरोप लगाइन् । 

वीरेन्द्रनगर नगरपालिका ११ झुप्राकी पार्वती बादीले समेत मुख्यमन्त्रीले बादी समुदायका नागरिकको रमिता हेरेको बताइन् । ‘समस्या समाधानका लागि मुख्यमन्त्रीले पहल नगरे कस्ले गर्छ,’ उनले प्रश्न गर्दै भनिन्, ‘हामीहरुलाई पशुको व्यवहार राज्यबाट भएको छ ।’ फागुनको महिना निरन्तर हावा चल्ने र धुलोको कारण बालबालिकाहरु बिरामी परेको उनले बताइन् । खानको लागिसमेत समस्या भएको उनले सुनाइन् । यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफूहरुले त्यसरी प्रहरीलाई निर्देशन नदिएको बताए ।
 

प्रकाशित समय : ००:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु