न्युज कारोबार
सुर्खेत
फागुन १६, २०७७
६ दिनदेखि आन्दोलनरत बादी समुदायका नागरिकमाथि प्रहरीले दमन गरेको छ । आइतबार माग पूरा नभएको भन्दै मुख्यमन्त्रीलाई भेट्न कार्यालयभित्र जाने क्रममा प्रहरीले उनीहरुमाथि दमन गरेको हो । प्रहरीको कुटाईबाट दुई जना महिला घाइतेसमेत भएका छन् । दुल्लु नगरपालिका १ की मानकुमारी बादी र चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखकी जानकी बादी सामान्य घाइते भएका हुन् ।
मानकुमारी बादीले आफ्नो कपडा समेत प्रहरीले च्यातिदिएको बताइन् । उनको हातमा चोट लागेको छ । ‘एनजिओले उचाल्यो भन्दै हामीहरुमाथि लाठी चार्ज भयो,’ उनले भनिन्, ‘कसैलाई बन्दुकको कुन्दले समेत हानियो ।’ उनले आफूहरु कसैबाट प्रेरित भएर आएको नभई आवश्यकता र बाध्यताले आएको बताइन् । विपन्न नागरिकको लागि काम गर्छु भनेर मुख्यमन्त्री बन्ने तर बादी समुदायको समस्यालाई समाधान गर्न नखोजेको उनले आरोप लगाइन् ।
वीरेन्द्रनगर नगरपालिका ११ झुप्राकी पार्वती बादीले समेत मुख्यमन्त्रीले बादी समुदायका नागरिकको रमिता हेरेको बताइन् । ‘समस्या समाधानका लागि मुख्यमन्त्रीले पहल नगरे कस्ले गर्छ,’ उनले प्रश्न गर्दै भनिन्, ‘हामीहरुलाई पशुको व्यवहार राज्यबाट भएको छ ।’ फागुनको महिना निरन्तर हावा चल्ने र धुलोको कारण बालबालिकाहरु बिरामी परेको उनले बताइन् । खानको लागिसमेत समस्या भएको उनले सुनाइन् । यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफूहरुले त्यसरी प्रहरीलाई निर्देशन नदिएको बताए ।
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
फागुन १७
न्युज कारोबार
|
फागुन ९
न्युज कारोबार
|
फागुन ७
न्युज कारोबार
|
फागुन ३
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४
न्युज कारोबार
|
वैशाख ४