global ime bank Long Banner Ad

गृहपृष्ठ कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ   

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ   

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ   

घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी र अन्य ५ जना रहेको प्रहरीले जानकारी दिएको छ । 

सोही उपमहानगरपालिका-१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु