गृहपृष्ठ छिमेक लघुवित्त संस्थाको क्यूआर कोडसहितको ग्राहक परिचय पत्र शुभारम्भ
छिमेक लघुवित्त संस्थाको क्यूआर कोडसहितको ग्राहक परिचय पत्र शुभारम्भ
२०५८ सालदेखि नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको ईजाजतपत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाइन्ट कार्यालयमार्फत् करिब तीन लाख ८० हजारभन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पुर्याउँदै हाल नेपालको लघुवित्त क्षेत्रमा एक अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
समयको आवश्यकतालाई महशुस गर्दै वित्तीय संस्थाले आफ्ना ग्राहकलाई प्रविधिमैत्री लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । हालै यस वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको लागि क्यूआर कोर्डसहितको परिचय पत्र उपलब्ध गराउने र सो परिचय पत्रमा रहेको क्यूआर कोडलाई इसेवा एप्लिकेशनको माध्यमबाट स्क्यान गरी इसेवामार्फत् आफ्नो किस्ता र बचत रकम तिर्न सकिने व्यवस्था गरेको छ । साथै, यस अघिदेखि नै वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।
हाल यस कार्यक्रमलाई अझ प्रभावकारी ढंगबाट दूर दराजमा रहेका गाउँ गाउँसम्म पु¥याउनको लागि प्रविधिमैत्री घुम्ती सवारी साधन (बस) को प्रयोग गरी वित्तीय पहुँच कम भएका दुर्गम ग्रामीण क्षेत्रमा वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन तथा बिस्तार गरी प्रविधिको प्रयोगतर्फ अगाडि बढेको छ । हाल यस वित्तीय संस्थाले सञ्चालन गर्न लागेको प्रविधिमैत्री उपलब्धिहरु (क्यूआर कोड सहितको ग्राहक परिचय पत्र, इसेवामार्फत् किस्ता तथा बचत तिर्ने व्यवस्था, वित्तीय साक्षरताको लागि प्रविधिमैत्री घुम्तीबस सेवा) नेपालको लघुवित्त क्षेत्रमा पहिलो प्रयास भएको र यसबाट लघुवित्त संस्थाका ग्राहकले विना झन्झट आफ्नै घर गाउँमा सुलभ ढंगबाट लघुवित्त सेवा उपभोग गर्न सक्ने विश्वास लिइएको छ । यसलाई औपचारिक रुपमा ग्राहकसम्म पुर्याउनको लागि यस वित्तीय संस्थाको काभ्रेमा रहेको शाखा कार्यालय बनेपाको कार्य क्षेत्रबाट उक्त सेवाको उद्घाटन शनिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सो अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राखेका थिए । उक्त कार्यक्रम यस वित्तीय संस्थाका अध्यक्ष ऋषिराज जोशीबाट प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथि, पत्रकारलगायतको उपस्थिति थियो ।
प्रकाशित समय : १७:१२ बजे



















