गृहपृष्ठ साताको पहिलो दिन सुनको मूल्य सामान्य घट्यो
साताको पहिलो दिन सुनको मूल्य सामान्य घट्यो
साताको पहिलो दिन सुनको मूल्य ५ सय रूपैयाँ घटेको छ । नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारको लागि छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँ कायम गरिएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १० रूपैयाँ घटेर प्रतितोला १ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : १६:५७ बजे



















