global ime bank Long Banner Ad

गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका २ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।

मृत्यु हुनेमा व्यास २ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते भएकी हुन् ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा विवेकको टाउकामा चोट लागेको थियो । उनको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु