Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

नेपाल इन्भेस्टमेन्ट बैंकको लहान शाखा उद्घाटन

न्युज कारोबार काठमाडौं फागुन १०, २०७७       

नेपाल इन्भेस्टमेन्ट बैंकको लहान शाखा उद्घाटन

नेपाल इन्भेस्टमेन्ट बैंकले लहान नगरपालिका ८ सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ ।

सोमबार लहान नगरपालिकाका नगरप्रमुख मुनी साह र बैंकका प्रदेश २ प्रबन्धक सुशील श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गर्दै कारोबार बिस्तार गरेको हो । लहान शाखाले ग्राहकलाई वित्तीय पहुँच पु-याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

अहिले नेपाल इन्भेस्टमेन्ट बैंकका ८७ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरू रहेका छन् । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । 
 

सम्बन्धित खबरहरु