गृहपृष्ठ अवैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ
अवैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ
नेपालगंज उपमहानगरपालिका- १६, भन्सार चेक प्वाइन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खानउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित समय : २२:५५ बजे



















