nmb bank

गृहपृष्ठ त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु

त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु

त्रिलोक लघुवित्त वित्तिय संस्थाको कारोबार सुरु

काठमाडौं, फागुन ८ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन गरेको छ । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार ९फागुन ६ गते० देखि कारोबार सुरु भएको छ । सो लघुवित्तका उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले गरे ।

नवलपरासी, कपिलवस्तु, लमजुङ, गोरखा, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की र तनहँ गरी १० जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रदान गर्ने अनुमति पाएको छ ।
अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी चार करोड ३० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्तापुँजी तीन करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने रहेका छन् भने संचालक समितिको अध्यक्षमा लेखनाथ खनिया रहेका छन् ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु