global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कपिल शर्मा ‘व्याक अगेन’

कपिल शर्मा ‘व्याक अगेन’

कपिल शर्मा ‘व्याक अगेन’

काठमाडौं, फागुन ८ । लामो समयदेखि ब्रेकमा रहेका भारतीय कमेडियन तथा एक्टर कपिल शर्मा नयाँ शो का साथ फेरी टेलिभिजन पर्दामा आउने भएका छन् । आन्तरिक विवादका कारण कपिल शर्मा शो बन्द भएपछि उनी डिप्रेसनका सिकार भएका जानकारी विभिन्न भारतिय मिडियाले प्रसारण गर्दै आएका थिए । उनी टेलिभिजनको पर्दामा देखिन छाडेका थिए । नयाँ कार्यक्रम मार्फत पर्दामा देखिने खबरले लामो समयदेखि प्रतीक्षा गरिरहेका उनका फ्यानहरुका लागि भने खुशी छाएको छ ।
केही समय अघि शो को प्रोमो प्रशारण गरिएकोमा नाम भने सार्वजनिक गरिएको थिएन । तर हालैमा कपिलले आफ्नो फेसबुक लाइभ मार्फत शो को नाम बताएका छन् । उनले आफ्नो शो को नाम ‘फेमिली विथ कपिल शर्मा’ हुने बताए । उनको आउदो कार्यक्रम सोनी टिभी मार्फत नै प्रशारण हुने भएको छ ।

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु