गृहपृष्ठ इन्टरनेटमा प्रिया
इन्टरनेटमा प्रिया
छोटो समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेकी भारतको मलायली अभिनेत्री प्रिया प्रकाश वारियर इन्टरनेट सेन्सेशन बनेकी छिन् । २६ सेकेन्डको भिडियोले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ । भिडियोमा उनको आँखाको एक्सप्रेसन र मुस्कानले मानिसहरुलाई उनको दीवाना बनाएको छ । भ्यालेनटाइन डे भन्दा पहिले रिलिज भएको प्रियाको यो भिडियो तीव्र गतिमा भाइरल भइरहेको छ ।
उक्त भिडियो प्रियालाई २४ घण्टामा यति धेरै चर्चित बनाएको छ कि, उनको इन्टाग्राममा १० लाख फलोअर्स पुगेका छन् । पहिले २ लाख ४९ हजार फलोअर्स रहेका उनको डेब्यू फिल्मको गीत भाइरल भएसँगै ११ लाख फलोअर्स पुगेका छन् ।
प्रिया भन्दा पहिले कटरीना कैफले एक दिनमा इन्स्टाग्राममा १ लाख फलोअर्स बनाएकी थिईन् । कटरीनाले अप्रिल २०१७ मा यो रेकर्ड बनाएकी थिईन् । तर हाल यो रेकर्ड प्रियाले तोडिदिएकी छिन् ।
भिडियो भाइरल भएपछि प्रिया वारियर ट्वीटरमा पनि आएकी थिइन् । उनले करिब १ दिनमा नै ८०० भन्दा बढी फलोअर्स बनाएकी छिन् ।
यस मामलामा उनले फुटबल स्टार क्रिस्टियनो रोनाल्डो र अमेररिकन टीभी पर्सनालिटी कायरी जेनरलाई पनि पछि पारिदिएकी छिन् । रोनाल्डोले ट्वीटरमा डेब्यू गरेको २४ घण्टाभित्र ६५० फलोअर्स बनाएका थिए । उता कायली जेनरले एकदिनमा ८०६ फलोअर्स बनाएकी थिईन् । तर प्रियाको ट्वीटरमा २४ घण्टाभित्र ८१४ फलोअर्स बनेका छन् ।
उक्त भाइरल भिडियो प्रियाको डेब्यू फिल्म ‘ओरु अदार लभ’ को रहेको छ । जसलाई भ्यालेनटाइन डे भन्दा पहिले रिलिज गरिएको छ ।
प्रकाशित समय : ०७:३६ बजे