nmb bank

गृहपृष्ठ अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,

अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,

अनिवार्य रुपमा ‘सि-आस्वा’ लागू हुँदै,

काठमाडौं फागुन ८ शुक्रबारदेखि सिआस्वा प्रणाली अनिवार्य रुपमा लागू हुने भएको छ । सेयरको अनलाइनबाट नै आवेदन दिने प्रणाली सिआस्वा हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताका अनुसार प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने छ । सिआस्वामा पनि लगानीकर्ताले बैंकमा उपस्थित भई आवेदन दिन पनि सकिने । सिआस्वामार्फत आवेदन दिँदा कुनै शूल्क लाग्दैन ।

यसको प्रयोग
लगानीकर्ताले सिआस्वा प्रणाली लागू भएपछि आफ्नो खाता रहेको बैंकमा गएर बैंक खाता र हितग्राही खाता रुजु गराउनुपर्ने हुन्छ । यसपछि सिआस्वा रजिष्ट्रेशन नम्बर अर्थात सिआरएन नम्बर प्राप्त हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् ।

अहिले अधिकांश बैंकका वेभसाइटमा गएर सिधै सिआस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा डिम्याट एकाउन्ट० खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन ९केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ० लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्या कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
सिडिएससीले सिआस्वामा आवद्ध संस्थालाई सबै शाखाबाट सेवा प्रदान गर्न र आवद्ध हुने क्रममा रहेका वित्तीय संस्थालाई तत्काल आवद्ध भई सेवा सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

 

प्रकाशित समय : ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु