गृहपृष्ठ शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी रामचन्द्र पौडेल
शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी रामचन्द्र पौडेल
दमौली, फागुन ८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको शिक्षा वैज्ञानिक र रोजगारमुखी हुनुपर्नेमा जोड दिए । व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षामा जोड दिनसके दक्ष जनशक्ति उत्पादन गर्न सकिने छ भन्नुभयो । निर्मल माविलाई देशकै नमूना विद्यालय बनाउन सबै लाग्नुपर्ने पनि उहाँले बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य सरिता गुरुङ, पूर्वसांसद रामचन्द्र पोखरेललगायतले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुनुपर्ने बताए थियो । विद्यालयका प्रअज गणेशचन्द्र बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नमूना विद्यालयका रुपमा घोषणा भइसकेको उक्त विद्यालयको भौतिक, शैक्षिक र आर्थिक पक्ष मजबुत गराउन रु एक करोडको गुरुयोजना तयार गरिएको बताए छ ।
प्रकाशित समय : ०६:५५ बजे




















