गृहपृष्ठ रातको समयमा सवारी आवागमन रोक
रातको समयमा सवारी आवागमन रोक
पाँचथर । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न रातको समयमा जिल्लास्थित सबै सडकमा सवारी आवागमन बन्द गरिएको जानकारी दिए ।
असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।
भारी तथा अतिभारी वर्षाको सम्भावनालाई ख्याल गर्दै विभिन्न सडक सुरक्षित नभएसम्म मेची राजमार्ग, तमोर कोरिडोर सडक, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, भेडेटार–रबि–राँकेलगायतका सडकमा सवारी आवागमन बन्द गरिएको हो ।
भारी वर्षाको सम्भावनाका कारण पाँचथरका स्थानीय तहहरुले आज र भोलि विद्यालयहरुलाई बिदा दिएका छन् । पाँचथरमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । अहिलेसम्म अप्रिय घटना जानकारीमा आइसकेको छैन ।
प्रकाशित समय : १५:५० बजे


















