काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘आयल निगममा जनतालाई सेयर दिनुपर्छ’

17.3K
shares


नेपालको प्रशासनीक क्षेत्र राजनीतिकरण भएको छ । प्रशासनीक क्षेत्रमा व्यापक अनियमितता छ । जनताको सेवामा लाग्नुपर्ने कर्मचारी राजनीतिक दलको झण्डा बोकेर तालाबन्दी र आन्दोलन गर्छन् । सरकारको नुनपानी खाएपछि जनताको सेवा गर्नुपर्दैन ? कर्मचारीले जे गर्दा पनि हुने ? नेपाल आयल निगमका अधिकृत तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोपालचन्द्र राईसँग न्युज कारोबारका संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी :

कर्मचारी संगठनहरुको आवश्यक किन छ ?
– कर्मचारीको हकहित, संरक्षण, बृद्धि विकासको लागि कर्मचारी संगठनको आवश्यक छ ।

कर्मचारी संगठनहरु सरुवा बढुवा कर्मचारी भर्ना मा केन्द्रित भएको कारण प्रशासनिक क्षेत्र अस्तव्यस्त र भ्रष्ट भएको आरोप लाग्छ नी ?
– कर्मचारी संगठनहरु सरुवा बढुवा भर्नाको लागि होइन यो गलत छ । कर्मचारीको बृद्धिविकास र अधिकारको लागि सुरु भएको हो । मदुर वर्गको स्वतन्त्ररुपमा काम गर्ने वातावरण निर्माण गर्न, हेपिएको च्यपिएको कर्मचारीको पक्षमा बोलिदिने हो । तर नेपालमा त्यो देखिदैन राजनीतिकरण भएको छ । पार्टीगत आस्थाको पछाडि लाग्छन् ।

सरकारको नियम कानून छ, इमान्दार भएर काम गर्दा सरुवा बढुवा भैहाल्छ नि संगठनहरुको साहारा लिनुपर्छ र ?
– यदि यो नीति नियम अनुसार काम हुने हो भने तपाइले भनेको ठिक हो । तर यहाँ त्यो कार्यान्वयन छैन केवल देखाउनको लागि छ । त्यसैले कर्मचारीहरु अन्यायमा पर्नुहुन्न । कर्मचारीको अधिकारको लागि भनेर कर्मचारी संगठन निर्माण भएको हो । सरकारले आफुले बनाएको मजदुर सम्बन्धी नियम कार्यान्वयन गर्ने हो भने यी संगठनहरु आफ्ै ठिक हुन्छ । अनावश्यक बन्छ तर सरकार उदासिन हुँदासम्म संगठनहरुको आवश्यकता रहिरहन्छ ।

कर्मचारी संगठनहरु कर्मचारीका हाकिमहरुले गर्ने अनियमितता र भ्रष्टाचारमा किन बोल्दैन ?
– त्रास र आसले गर्दा । सबै कुरा हाकिमको हातमा हुन्छ । सरुवा बढुवा लगायतको कुरा अनि कर्मचारीहरु सरुवा गर्दिन्छन् कि, बढुवाको नम्बर नदेलना कि भन्ने त्रास छ । अर्को आस, अलि बढि कमाउन पो सकिन्छ कि, राम्रो ठाउमा डिउटी गर्न पाइन्छ की भन्ने आस ।

नेपाल आयल निगममा सबै राजनीतिक दलका कर्मचारी संगठन छन्, तर आयल निगमको हितको लागी किन काम नगरेको ?
– हामी सबै कुरामा त मिल्दैनौं, तर सामुहिक हितमा एक छौं । हामीले स्वचाति मुल्य पद्धतिमा सामुहिक निर्णय गर्यौ, स्टोरनेस क्यापासिटी बृद्धि गर्ने कुरा, एलपी ग्याँस प्लान्ट निमार्णको कुरा लगायतको धेरै बिषयमा एक भएका छौं ।

नेपाल आयल निगमको अवस्था कस्तो छ ?
– अहिले निगम नाफामा छ । यहि तरिकाले अगाडी बढे निगमले छिट्टै बिभिन्न क्षेत्रमा काम गर्न सक्छ । हामिले भनेका छौं, अब निगममा जनतालाई सेयर दिनुपर्छ । यसको लागि अर्थ मन्त्रालयको सह सचिवको अध्यक्षको नेतृत्वमा समिति पनि बनेको छ । हामीले निरन्तर खबरदारी गरिरहेका छौं । यो कार्यान्वयन गर्नुपर्छ । जनतालाई मालिक बनाउनुपर्छ, निगम कहिल्यै घाटामा जाँदैन ।

नेपाल आयल निगमलाई विकास गर्न के गर्नुपर्छ ?
– नेपाल आयल निगमको एलपी ग्याँस र पेट्रोलियम पदार्थ दुबैमा स्वचालित मुल्य पद्धति लागु गर्नुपर्छ । निगमको हरेक डिपोमा मिटर जडान गर्नुपर्छ । निगममा राजनीति भर्ती केन्द्र बन्द गर्नुपर्छ । सञ्चालन समितिको फर्मेसन हुनुपर्छ । कर्मचारीमा पारर्दशिता, जवाफदेहिता तथा मितव्ययीता हुनुपर्छ ।