global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मोहम्मद सलाहले इजिप्टका लागि गोल गरे तर हारबाट जोगाउन सकेनन्

मोहम्मद सलाहले इजिप्टका लागि गोल गरे तर हारबाट जोगाउन सकेनन्

मोहम्मद सलाहले इजिप्टका लागि गोल गरे तर हारबाट जोगाउन सकेनन्

रुस विश्वकपमा आयोजक रसियाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । समूहको शीर्ष स्थानमा उक्लिएको रसियाले गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा इजिप्टलाई ३–१ ले पराजित गर्दै विजयी यात्रा जोगाएको हो ।

रुसले पहिलो खेलमा साउदी अरेवियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो । रसियाले विश्वकपमा समूह चरणको लगातार दुई खेल जितेको यो पहिलो पटक हो । यससँगै रसियाले पहिलो पटक समूह चरण पार गर्ने सम्भावना बलियो बनाएको छ । मोहम्मद सलाहको टोली इजिप्ट भने लगातार दुई खेल हारेकाले समूह चरणबाटै घर फर्किने सम्भावना बढेको छ ।

सन् १९५८ देखि १९९० सम्म शोभियत युनियनको नामबाट खेल्दा सन् १९६६ मा चौथो स्थन हासिल गरेको थियो । अब रुसले समूहको अन्तिम खेलमा उरुग्वेलाई पाखा लगाउनुपर्नेछ । उरुग्वे बलियो टोली मानिन्छ ।

खेलको पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको इजिप्ट फाथीको आत्मघाती गोलसँगै ४७ औँ मिनेटमा पछि परेको थियो । त्यसको १२ मिनेटमा चेरिसेभले सानदार गोल गर्दै रूसलाई २–० ले अघि बढाए । त्यसको तीन मिनेमा नै खेलको ६२ औँ मिनेटमा डिजुवाले अर्को गोल गर्दै रसियालाई २–० को अग्रता दिलाए ।

इजिप्टका लागि सान्त्वना गोल मोहम्मद सलाहले ७३ औँ मिनेटमा पेनाल्टी मार्फत गरे । उनलाई रुसी खेलाडीले डी बक्सभित्र लडाएपछि इजिप्टले पेनाल्टी पाएको थियो ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु