global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चिनियाँ राष्ट्रपतिसँग के कुरा गर्दैछन् प्रधानमन्त्री ओली ?

चिनियाँ राष्ट्रपतिसँग के कुरा गर्दैछन् प्रधानमन्त्री ओली ?

चिनियाँ राष्ट्रपतिसँग के कुरा गर्दैछन् प्रधानमन्त्री ओली ?

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति सि जिन फिङसँग भेटवार्ता गर्दै छन् । चीनको ग्रेट हल अफ द पिपलमा प्रधानमन्त्री ओली र राष्ट्रपति सिबीच भेटवार्ता हुने छ । प्रधानमन्त्री ओलीले समकक्षी ली खछ्याङसँग पनि भेटवार्त गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चीनका वरिष्ठ नेतासँग पनि भेटवार्ता गर्ने छन् । भ्रमणका क्रममा चीनसँग केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने छ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको भ्रमण र तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार चीन गएका ओली बेइजिङमा हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहेका छन् ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु