global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कृषि विकास बैंकको वित्तीय साक्षरता

कृषि विकास बैंकको वित्तीय साक्षरता

कृषि विकास बैंकको वित्तीय साक्षरता

कृषि विकास बैंक लिमिटेडले चितवनको माडीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामुदायिक सिकाई केन्द्रको समन्वयमा एक दिने विक्ति साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा माडी नगरपालिका– ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुर्य अधिकारी, समाजसेवी, विभिन्न सहकारीका अध्यक्ष÷प्रबन्धक तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए । बैंकका क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख रामचन्द्र अधिकारीले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा आदिका बारेमा प्रशिक्षण दिएका थिए ।
यसका साथै सफा नोटको महत्व, समृद्ध राष्ट्र निर्माणको आधारको रुपमा रहेको विप्रेषण, जोखिम न्यूनिकरणको माध्यमका रुपमा रहेको कृषि र पशु बीमा, घरायसी बजेट निर्माणको महत्व आदि विषयमा जानकारी दिइएको थियो ।

 

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु