गृहपृष्ठ सिभिल बैंकको चुक्ता पुँजी आठ अर्ब नाघ्ने
सिभिल बैंकको चुक्ता पुँजी आठ अर्ब नाघ्ने
सिभिल बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढी हुने भएको छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ छ ।
बैंकले आगामी साधारणसभामा आफ्ना सेयरधनीलाई ७४ करोड ४० लाख रुपैयाँको बोनस वितरण गर्ने प्रस्ताव गर्ने भएको छ । साधारणसभाबाट उक्त प्रस्ताव अनुमोदन भएमा सेयरधनीलाई बोनस वितरण हुनेछ ।
बैंकले १० दशमलब २५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित बोनस पश्चात बैंकको चुक्ता पुँजी बढेर ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ पुग्ने बताइएको छ ।
प्रकाशित समय : २०:०२ बजे




















