global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जनकपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जनकपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जनकपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनकपुरमा योग शिविर आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरमा योग शिविरको भव्य तयारी भइरहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा जानकी मन्दिरमा बिहीबार बिहान ५ बजेदेखि योग शिविर सुरु हुनेछ । योग शिविरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री, सभामुख, भारतीय महावाणिज्य दूतलगायत सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ । विगत वर्षहरुमा योग दिवसका अवसरमा वीरगन्जमा हुँदै आएको योग शिविर जनकपुरमा पहिलोपटक आयोजना गरिएको हो ।
योग शिविरमा धनुषाका विभिन्न स्थानमा योग गराउँदै आएका योग गुरुलाई सम्मान गर्ने कार्यक्रम छ । हाल धनुषाका ३० स्थानमा योग शिविर नियमित सञ्चालनमा छन् ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु